
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाण्डौ । मुस्ताङमा सम्पर्कविहीन भएका २ विदेशी नागरिकसहित ४ जना पदयात्री भेटिएका छन्। डिएसपी भोजराज पाण्डेका अनुसार उनीहरु मुस्ताङको लोघेकर दामोदर कुण्ड गा.पा.–२ ढाक्मर खोला खोचमा भेटिएको बताए ।
डिएसपी पाण्डेका अनुसर २ जना पदयात्री विदेशी नागरिक र २ नेपाली पथप्रदर्शकको शुक्रबार बिहान १० बजे हेलिकोप्टरमार्फत सकुशल उद्दार गरिएको जानकारी दिए । मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको सूचना अनुसार सम्पर्कविहीन रहेका ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५ वर्षीय मार्को ग्याजोला थियो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न सकेको थिएन । जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा सर्च अप्रेशन गरेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij