
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । पोखरामा मोटरसाइकलको ठक्करले एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा टंकबहादुर कुमाल मगर रहेका छन् । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका मगरको मृत्यु भएको हो ।
प्रहरीले घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । मोटरसाइकल चालक थरबत थापा घाइते छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij