
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको हो । सोही प्रदर्शनलाई लक्षित गरेर बल्खुचोक र अन्य चोक–चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यस्तै, नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न लागेका छन् । सो क्षेत्रमा पनि ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
आज सडकमा अरू दिनको तुलनामा सवारीसाधन कम छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij