Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चोरी गर्दागर्दे चोर निदाएपछि...

चोरी गर्दागर्दे चोर निदाएपछि...

  • काठमाडौं । चीनमा एक चोर लुट्ने क्रममा निदाएपछि पक्राउ परेका छन् । लुट्ने क्रममा निदाएका ती चोर ठूलो स्वरले घुरेपछि घरधनी नै ब्युँझिएका थिए ।

    images
    images
    images

    दक्षिणपश्चिम चीनको युनान प्रान्तको एक घरमा ती लुटेरा प्रवेश गरेका थिए । घरभित्र मानिस बोलेको सुनेपछि आत्तिएका लुटेरा घरधनी सुतेपछि लुट्ने भन्दै छुट्टै कोठामा लुकेका थिए । ती लुटेरा त्यसपछि चुरोट सेवन गरेर सुतेको बताइएको छ ।

    आफ्नो सानो बच्चासँग सुतेकी ताङ उपनामकी घरधनी घुरेको ठूलो स्वरले ब्युँझिएकी थिइन् । छिमेकीबाट आएको आवाज होला भनेर सुरुमा उनी सुतेकी थिइन् ।

    तर, ४० मिनेटपछि बच्चाको दूधको बोतल धुन सुत्ने कोठाबाट निस्किँदा उनले चर्को आवाज सुनिन् । त्यसपछि कोठाको ढोका खोल्दा एक अपरिचित पुरुष भुइँमा सुतिरहेको देखेर उनी छक्क परिन् ।

    त्यसपछि घटनाबारे घरका अरु सदस्यलाई पनि भनेकी थिइन् र प्रहरी बोलाइएको थियो ।  चोरी गर्न खोजेका याङ उपनाम गरेका व्यक्ति पहिले पनि जेल गएको र गत सेप्टेम्बरमा जेलमुक्त भएको बताइएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij