Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

  • ललितपुर । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । सो बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । 

    images
    images
    images

    बैठकमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल हुने नेताहरुले बताएका छन् । महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकताविरुद्ध भन्दै एमालेको भातृ संगठन युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछ ।

    यसैगरी मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर अभियान सुरु गर्दैछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij