
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको घर निमार्णमा खटिएका छन् । एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट क्षतीग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धारका लागि १ हजार स्वयंसेवक खटाउँदै पुनःनिर्माणमा जुटेका हुन ।
विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गिय संगठनहरु विगत केहि हप्ता देखी खटिरहेको युवा संघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij