
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् । धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव त्रिशूली नदी किनारको खोचमा फेला परेको थियो ।
‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसक्नुभएको छ। घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij