Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सोल्टी होटेलको लाभांश घोषणा

सोल्टी होटेलको लाभांश घोषणा

  • काठमाडौँ । सोल्टी होटेल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    images
    images
    images

    कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् । त्यस्तै, कम्पनीले पुस २६ गते ४९ औं साधारणसभा बोलाएको छ ।

    नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा बिहान १० बजेदेखि सो सभा सुरु हुनेछ । कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्तापूँजी ८८ करोड ४७ लाख रुपैयाँ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij