
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाविहानै रोल्पा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड रोल्पामा आयोजना गरिने कार्यक्रममा सहभागी हुनको लागि आज बिहानै हेलिकोप्टरमा काठमाडौंबाट रोल्पा हुन् ।
प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्घाटन गर्ने समेत कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij