
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन गर्ने समय ४ महिना थप गर्ने निर्णय गरेको छ । आज बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी जेठ मसान्तसम्म जिल्ला अधिवेशनको समयावधि थप गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकले मंसिर ६ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । आसन्न केन्द्रीय कमिटीको बैठकमा एमालेले मंसिर १४ गतेबाट सुरु हुने मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन आवश्यक कार्य तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij