
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकको मिति फेरि सरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए ।
पहिले मंसिर १३ देखि १६ मा गर्ने निर्णय भएको थियो । सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्याइएको थियो । अहिले जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण बैठक सारिएको उनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij