
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र साधारणसभाबाट पारित भएपछि वितरण हुने ।
यसअघि कम्पनीले चालु आर्थिक वर्षको ३ महिनाको वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । जसअनुसार ७६ करोड ८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । ब्याज खर्च घटाउँदा कम्पनीले यो तीन महिनामा खुद ७० करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ । पहिलो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij