Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

  • काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको हो ।

    images
    images
    images

    मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

    सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij