
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि सरकारी कोषमा एक महिनाको तलब दिने भएका छन् ।
भूकम्पले क्षति पुर्याएका ठाउँमा उद्धारका कामलाई तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारी कोषमा संघीय सांसदका रूपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने पौडेलले बताए ।
सांसद पौडेलले भूकम्पपीडितलाई राहत र सहयोग गर्न सहयोगीहरूलाई आग्रहसमेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij