
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । चीनले १० करोड रुपियाँको सामग्री सहयोग गर्ने भएको छ । भूकम्प प्रभावित क्षेत्रलाई चिनियाँ राजदूत चेन सोङले टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने जनाएको हो ।
शनिवार सामाजिक सञ्जाल एक्स मार्फत आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको समेत उनले बताए । भोलीसम्ममा चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग आइपुग्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij