
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडीले बाग्लुङमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् ।
बाग्लुुङबाट बुर्तिबाङ हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी डिएसपी मदन केसीले जानकारी दिए ।
पोखराबाट मध्यपहाडी लोकमार्ग हुँदै सभामुख, उपसभामुख र प्रदेशसभाका कर्मचारीसहितका ३ वटा गाडी कर्णाली फर्किँदै थियो । हाल बुर्तिबाङमा दुवै पक्षबीच छलफल भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij