
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । सवारी दुर्घटना गराएको आरोपमा नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सुर्खेत प्रहरीले पक्राउ परेका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि बाँस्तोलालाई पक्राउ गरिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा९च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बाँस्तोलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij