
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पेप्सीकोला स्थित लक्ष्मण श्रेष्ठको घरबाट धनमाल चोरी भएको जनाएको छ ।
चोरले घर पछाडिको कोठा फुटाई प्रवेश गरेर मोबाइल, सुनका गहना र नगद चोरेर फरार भएको भेटिएको छ । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij