
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ । अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विगतका केही आपराधिक घटनाहरुमा समेत यस्ता अफलाइन सवारीको प्रयोग भएको पाइएकाले सुरक्षाका दृष्टिकोणले समेत उनीहरुलाई पक्राउ गर्नु परेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
अबदेखि अफलाइन राइड सेयर नगर्न सर्वसाधारणलाई समेत प्रहरीले अनुरोध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij