Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गयो

भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गयो

  • काठमाडौं । दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको ज्यान गएको छ । दार्चुलाकाे दुहुँ गाउँपालिका–१ बाच्पालीकी जयमती महरको ढुङ्गाले लागेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    images
    images
    images

    हिजाे दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढु ङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते हुनुभएकाे थियाे । 

    घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij