
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् । पछिल्लो केन्द्रीय समिति र सचिवालय बैठकको निर्णय अनुसार पार्टीले गरेको कार्यविभाजनमा श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए ।
श्रेष्ठले बुधबारबाट केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हालेको जानकारी दिए । यसअघि उप–महासचिव गगांलाल तुलाधर कार्यालय सचिवको जिम्मेवारीमा रहेका थिए । अब बागमती प्रदेशको इन्चार्जको भूमिका तुलाधरले निर्वाह गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij