Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँड सम्पन्न

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँड सम्पन्न

  • काठमाडौँ । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बुधबार बिहान बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

    images
    images
    images

    आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेकोमध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।

    images

    आइपीओ बाँडफाँड अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । जसमध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

    असोज १४ गतेदेखि असोज १८ गते गतेसम्म कम्पनीले आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij