
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौँ । प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । बैंकले सेयर भाउ भने तोकेको छैन ।
आज (असोज २३ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा सेयर खरिद गर्न इच्छुक संस्थापकले निवेदन पेश गर्नुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij