
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीकोअसोज १९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को लागि संस्थाको चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय रुपैयाँको ९.०५२६% ले हुन आउने रकम सात करोड ८७ लाख १८ हजार ८ सय पाँच रुपैयाँ बराबर हुने लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ ।
कम्पनीले प्रस्तावित लाभांशमध्ये ८.६०% का दरले हुन आउने रकम सात करोड ४७ लाख ८२ हजार ८ सय ६५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गरिने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij