
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दल केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि शपथ हुने भएको छ । गत असार १३ गते सभापति शेरबहादुर देउवाले विद्वान गुरूङ नेतृत्वको तरूण दलमा चार सय जना सदस्य मनोनीत गरेका थिए ।
आइतबार शपथको कार्यक्रम राखिएको तरूण दल केन्द्रीय सदस्य अशोक झाले जनाएका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा असोज २१ गते शपथ हुनेछ ।
तरूण दल केन्द्रीय सदस्यहरूलाई सभापति देउवाको उपस्थितिमा शपथ खुवाउन लागिएको हो । तरूण दलमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन । नियमित अधिवेशन नभएकोले सभापति देउवाले तदर्थ समिति गठन गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij