Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ

देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ

  • ललितपुर । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् ।  काभ्रेका ३९ वर्षीय चौलागाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार नै पक्राउ गरेको हो ।

    images
    images
    images

    सीआईबीका अनुसार सहकारीका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगी गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको हो ।

    images

    उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै ३३ जना बचतकर्ताले उनीविरूद्ध उजुरी दिएका थिए ।चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij