
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । तीन महिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ्य भएका छन् ।उनलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।
बुधबार बिहान एक्कासी बोली बन्द भएको आचार्यसँगै रहेका माओवादी नेता खगराज अधिकारीले जनाएका छन् । मौसमले साथ नदिएपछि सीधै काठमाडौं ल्याउन चाहेपनि नेपालगञ्ज लगिएको थियो ।
नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ । साथै पहिलो पटक माइनर हर्ट अट्याक भएको देखिएकाले काठमाडौं ल्याउन लागिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij