
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । खराब मौसमका कारण पूर्व प्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली प्यूठान जाने कार्यक्रम स्थगित भएको छ । मंगलबार नौवहिनी गाउँपालिका प्यूठानको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि ओली जाने कार्यक्रम तय भएको थियो ।
प्रमुख अतिथि आउन नसक्ने भएपछि पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए । अर्को कार्यक्रमका लागि गाउँपालिकाको बैठक बसेर मौसम अनुकूलतामा तय गरिने उनले जानकारी गराए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij