
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-३ थापागाउँ पुलमा लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राईसमेत ६ जना रहेका छन् ।
प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३३ हजार २ सय २० रुपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij