Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको छ।
काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हाे । बियर कम्पनीको नाम भने विभागले खुलाएको छैन ।
हिजो काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा विभागले अनुगमन गरेको छ । विभागले पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको जनाएको छ । यो महिनाको शुरुवातदेखि विभागले चाडपर्व लक्षित अनुगमन गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij