
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कपिलवस्तुमा साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ परेका छन् । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित आठ जना पक्राउ परेका हुन् । लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा सो चन्दनसहित ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जनाएका छन् ।
चेक जाँचका क्रममा कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij