
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ का तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो ।
महर्जन २ वर्षअघि २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको भन्दै नियन्त्रणमा लिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij