
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । उपचारको क्रममा मृत्यु भएकी लमजुङ सुन्दर बजार नगरपालिका छ की सुकुमाया दुराको परिवार र पोखरास्थित मणिपाल शिक्षण अस्पतालबीच छ बुँदे सहमति भएको छ । अस्पताल भर्ना भएकी सुकमायाको गत असोज ८ गते उपचारको क्रममा मणिपालमा निधन भएको थियो ।
उनी श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकको लाहप्रवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए । त्यसपछि दुवै पक्ष आन्दोलनरत थिए ।
सहमतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले सुकमायाको स्मृतिमा लमजुङको सुन्दर बजारमा सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति भएको छ ।
साथै, दुरा जातिका लागि उपचारमा छुट र निःशुल्क गर्ने, सुकमायाको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला राख्ने, आन्दोलनको कार्यक्रमहरू स्थगित गर्ने लगायत सहमति भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij