
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन् । बुधबार मार्फत खड्काले सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।
आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका अन्य नेतामध्येबाट सभापति चयन गर्न उनले आग्रह गरेका छन् । खड्का २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट राईमान राईलाई हराउँदै सभापति भएका थिए । कार्यव्यस्ता देखाउँदै प्रतिनिधि सभा सदस्य समेत रहेका खड्काले जिल्ला सभापतिबाट राजीनामा दिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij