
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहारमा पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दसैं, तिहार र छठलाई लक्षित गर्दै घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको छ।
अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने ग्राहकको संख्या र संस्थाको मागअनुसार राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने तयारी गरेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij