Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सडकमा माटो झार्ने बिलिल कन्टेकलाई ५० हजार रूपैयाँ जरिवाना

सडकमा माटो झार्ने बिलिल कन्टेकलाई ५० हजार रूपैयाँ जरिवाना

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माटो झारेको भन्दै बिलिल कन्टेकलाई ५० हजार रूपैयाँ जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका-११ स्थित थापाथलीमा शुक्रबार बिहान बिलिल कन्टेकले सडकमै माटो झारेको पाइएपछि जरिवाना तिराइएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    शुक्रबार नै सडक पेटीमा निर्माण सामग्री राखी सडक अवरुद्ध गरेको भन्दै वडा नम्बर ९ तिलगंगा निवासी सुदर्शन कँडेललाई पनि २५ हजार रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । जथाभावी फोहोर फाल्ने, सडक अवरुद्ध गरेर निर्माण समग्री राख्ने, खुल्ला स्थानमा आगो बाल्ने, पर्चा, पोस्टर टाँसेर फोहोर गर्नेलाई नगर प्रहरीहरुले ठाउँको ठाउँ जरिवाना गर्ने नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij