
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । कञ्चनपुरमा खोलामा नुहाउन गएकी १३ वर्षीया एक बालिकाको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा डुबेको अवस्थामा नौखुरीकी १३ वर्षीया सृष्टि डगौराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अभिभावकले घरबाट एक्लै खोलामा नुहाउन गएकी बालिका घर नफर्किएपछि प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा मृत अवस्थामा खोलामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij