
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौं-२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फूलबारी इम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज दिउँसो करिब ३ बजेतिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।
आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij