
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ । आज बिहान १० बजे बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।
उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट बैंकले २०८० असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५।७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२।९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी प्रस्तावित नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij