
Apr 21 2025 | २०८२, वैशाख ८ गते
ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार एक विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमान खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो ।
भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । विमानमा चालक दलका दुई सदस्यसहित १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij