Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सिंगो परिवारको हत्या, प्रहरी अनुसन्धानमा जुट्यो !

सिंगो परिवारको हत्या, प्रहरी अनुसन्धानमा जुट्यो !

  • काठमाडौं । काठमाडौंमा एक परिवारको सामुहिक हत्या भएको छ  । तीनकुने, गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको सामुहिक हत्या भएको हो । प्रहरीका अनुसार यसरी हत्या हुनेमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। साथै, २० बर्षीय नविन राईको पनि हत्या भएको छ । 

    images
    images
    images

    सो काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्नका लागि काठमाडौं आएकी थिइन । 

    सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ । उनी सो हत्या भएपछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए । यसरी हत्या भएका चारै जनाको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij