
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले यो वर्षको लाभांश घोषणा गरेको छ । भदौ २८ गते सम्पन्न बैंकको सञ्चालक समितिको ६२९औँ बैठकको निर्णयअनुसार बैंकले आफ्ना लगानीकर्ताको लागि लाभांश प्रस्ताव गरेको हो ।
बैंकको आर्थिक वर्ष २०७९-८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनस र १.५२६३ प्रतिशत नगद लाभांश सहित लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औँ वार्षिक साधारण सभाको स्वीकृत पश्चात् उक्त प्रस्तावित लाभांश आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका सेयर धनीलाई वितरण गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij