
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको जानकारी दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सो बैठक बस्ने जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री प्रचण्डले सोही विषयमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij