
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज हुँदैछ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ आज बिहान बिहान ११ बजे उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिने भएको हो ।
उनको अन्त्येष्टिअघि बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा हुनेछ ।उनको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज शोक बिदासमेत दिइएको छ । सोमवार राति उहाँको हृदयाघातका कारण निधन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij