
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने १६ जनालाई जरिवाना तिराएको छ । उनीहरुलाई कोटेश्वरमा फोहोर फालिरहेको अवस्थामा महानगरले नियन्त्रणमा लिएर ७२ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
बुधबार बिहान बाटोमा फोहोर फालिरहेको अवस्थामा महानगर प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको थियो । फोहोरमैला संकलन गर्ने गाडी हरेक दिन बिहान ६ बजे कोटेश्वर पुगेर फोहोर उठाए पनि उनीहरुले सडकमा फाल्ने गरेका थिए ।
महानगरले सफा सडकमा पुन: फोहोर फालेको पाएपछिनिगरानी बढाएको थियो । महानगरले सडकमा फोहोर फाल्नेमाथि नियमित निगरानी बढाउने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij