
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । रामेछापमा ७० यात्रु बोकेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा सडकमै पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए । दुर्घटनामा रामेछाप सुनपाती गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ घाइते भएकी छन् । त्यस्तै सुनपाती गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा घाइते भएकी छन् । दुर्घटनामा गाउँपालिका–२ बस्ने वर्ष ६५ कि साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालख विस्वास बिसंखे घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij