
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । १६ दिन देखि बेपत्ता रहेका नेपाली सेनाका मेजर विमल पण्डितको शव फेला परेको छ । डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीया पण्डितको शव त्रिपुराकोट नगरपालिका-५ चिन्डेबगरस्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भएका मेजर पण्डित सम्पर्कविहीन बनेका थिए । उनको शव १६ दिनपछि भेटिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए ।
मेजरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । इभिनिङ वाक जान्छुु भन्दै गत भदौ १० गते उनी ब्यारेक बाहिर निस्किएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij