
Apr 02 2025 | २०८१, चैत २० गते
'प्रमाण हामीसँग सुरक्षित छ, हामीलाई नै पेल्ने ?'
ललितपुर । स्टार अस्पतालले 'संस्थाको नाम जोडेर टेष्ट नै नगरी नक्कली रिपोर्ट' दिइएको आरोपको खण्डन गरेको छ । नक्कली रिपोर्ट दिइएको गम्भीर आरोपपछि अस्पतालले आरटी पीसीआर टेष्टको रिजल्ट र रिपोर्टहरु मेसिनको डाटा क्लाउडमा सुरक्षित रहने हुनाले जुनसुकै बेलापनि रिपोर्ट हेर्न सकिने जनाएको छ ।
विगत १४ वर्षदेखि संचालित स्टार अस्पतालले गुणस्तरिय स्वास्थ्यसेवामा कुनै सम्झौता गरेको छैन । स्टार अस्पतालका प्रमुख किशोर महर्जनले भने, ‘हरेक विधामा अन्तर्राष्ट्रियस्तरको सेवा दिँदै आइरहेका छौं ।’
अस्पतालले कोरोना कहरको प्रारम्भदेखि नै उच्च गुणस्तरिय सेवामा ध्यान दिँदै आइरहेको छ । अस्पतालले कोरोनाविरुद्ध लड्ने अभियानमा स्वास्थ्य मन्त्रालयलगायतका विभिन्न निकायसँग समन्वय गर्दै आइरहेको छ । अस्पतालले RT-PCR गर्नका लागि स्वीकृति पाई अहिलेसम्म ७८,००० RT-PCR गरिसकेको जनाएको छ ।
स्टारको प्रष्टिकरण
स्टार अस्पतालले EQA (External Quality Assessment) को निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा १० नेगेटिभ र १० पोजेटिभ स्वाब पठाउने गरेको छ । यति पठाईएको स्वाबमा ३ वटा स्वाब उक्त हंगकङ जाने मध्येको नेगेटिभ स्वाब रहेको र त्यस नेगेटिभ स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको EQA मा नेगेटिभ आएकोले सम्बन्धित व्यक्ति उक्त स्वाब दिइएको समयमा नेगेटिभ नै रहेको पुष्टि हुन्छ । उक्त स्वाब अहिले स्टार अस्पतालको प्रयोगशालामा सुरक्षित रहेको अस्पतालको दावी गरेको छ । नक्कली रिपोर्ट प्रकरणमा स्टार अस्पतालले कुनैपनि रिपोर्ट नक्कली नदिएको र यसबारेमा छानविन समितिले सत्य खोजिसकेको हुनाले झुठो धेरै नटिक्ने प्रमाणित भएको देखिन्छ ।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयलाई नागरिक उडड्यन मन्त्रालयले पठाएको पत्रको हवाला दिई छानविन हुनु अगावै अस्पतालमाथिको आरोप ठिक होइन । अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले भने, ‘सत्यतथ्य बिनाको आरोपले हाम्रो मान प्रतिष्ठा र मनोबलमा आघात पु¥याएको छ ।’
पीसीआरको भित्री पाटो
RT-PCR रिपोर्ट आफैमा १००% accurate जाँच नभएको र यसको विश्वभर नै accuracy ६७% – ७०% रहेको एवं कुनैपनि व्यक्ति स्वाब दिँदा संक्रमणको विन्डो पिरियडमा रहेको बेला नेगेटिभ आउन सक्ने सम्भावना हुन्छ । त्यसैले स्वाब दिईसकेपछि यात्रा गर्ने समयमा संक्रमण हुनसक्ने तथ्यपनि हेर्नुपर्ने हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij