Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको कर

सुन व्यवसायीसामु राजश्व सचिवको राग

सुन व्यवसायीसामु राजश्व सचिवको राग

  • काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरुसँग छलफल भएको छ । बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल भएको हो । 
    सोही क्रममा अर्थ मन्त्रालयका राजश्व सचिव दिनेश कुमार घिमिरेले विलासिता कर लागू भएपछि प्रत्येक कारोबारमा कानूनी बिलिङ् अनिवार्य हुने भन्दै यसले अनियमित माध्यमबाट सुनको आपूर्ति, कर छली गरेर अवैध पुँजी प्रवाह हुने परिस्थितिलाई पनि निगरानी गर्न सहयोग पुग्ने बताए । 

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘विलासिता करको बारेमा यो लागू भएपछि प्रत्येक कारोबारमा कानूनी बिलिङ् अनिवार्य गर्नुपर्छ । कर भन्ने वित्तिकै एक प्रकारको भार हो । करको दायरा विस्तार गर्ने क्रममा पनि यस क्षेत्रलाई पहिचान गरिएको हो ।

    AGNI GROUP

    यसले निगरानीलाई सहज बनाउँछ । यसलाई सबैले बुझ्नुपर्छ । अनियमित माध्यमबाट सुनको आपूर्ती हुने र कर छली गरेर अवैध पुँजी प्रवाह हुने परिस्थितिलाई पनि निगरानी गर्न सहयोग पुग्छ ।’
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले उद्योग व्यवसाय फस्टायो भने रोजगारी र राजस्व बढ्ने हुनाले यसलाई फराकिलो हिसाबले सोच्नुपर्ने बताए ।

    उनले भने, ‘हामी सबैको उद्देश्य एउटै हुनुपर्छ । उद्योग व्यवसाय फस्टायो भने रोजगारी बढ्छ, रोजगारी बढ्यो भने आयआर्जन हुन्छ र यसले राजस्वपनि बढाउँछ । त्यसकारण अलि फराकिलो हिसाबले हेर्नुपर्छ । सुन र सुनको गहनाको सन्दर्भमा अर्थमन्त्रालयसँग बसेर छलफल गर्नुपर्छ ।’

    साथै, उनले आफ्नो मन्त्रालयबाट व्यवसायीहरुलाई सहजीकरण गर्नको लागिसँधै तयार रहेको भन्दै छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट