
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’को लाभांश घोषणा गरिएको छ । सोमबार बेलुका बसेको योजना व्यवस्थापक प्रभु क्यापिटलको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा गरेको हो ।
प्रभु क्यापिटलले यो योजनाका इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरणार्थ बुक क्लोजको मिति भने निकट भविष्यमा तय गरिने क्यापिलले जनाएको छ । यो योजनाको कोष प्रवर्द्धकमा प्रभु बैंक रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij